दफा ११२
वातावरण प्रदुषित गर्न नहुने

(१) कसैले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पु¥याउने गरी फोहोरमैलाको उत्पादन, प्रशोधन, प्रसारण, निष्काशन, उत्सर्जन,ओसारपसार गर्न वा थुपार्न हुँदैन ।
(२) कसैले सर्वसाधारणको स्वास्थ्यमा हानि पुर्याउने गरी वा जीउ ज्यानको लागि खतरा हुन सक्ने गरी प्रदृषण गर्न वाकानून बमोजिम अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनी, ताप, रेडियोधर्मी विकिरण वाजोखिमपूर्ण फोहर मैलाको उत्पादन,प्रशोधन, प्रसारण, निष्काशन, उत्सर्जन, ओसारपसार गर्न वा थुपार्न हुँदैन ।
(३) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवैसजाय हुनेछ ।
(४) उपदफा (२) वमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।